‘तम्घास बजारमा सुन्तला बेचेर दिनमा पाँच सय बचाउँछु’ - ekantipur.com
Source: kant
प्रेमबहादुर राना मगर मेरो ६ जनाको परिवार छ । श्रीमान्–श्रीमती, तीन छोरी र एक छोरा छन् । ठूली छोरीले यसपटक १२ कक्षा पास गरिन् । माइली छोरी ९, छोरा ८ र कान्छी छोरी ३ कक्षामा पढ्छन् । उनीहरूको पढाइ खर्च चलाउन र साँझ–बिहान खाने कुरा जोहो गर्न जाडो याममा सुन्तला बेच्छु । गर्मी सुरु भएपछि आइसक्रिम बेच्छु ।