कविता : हिमपहिरो - sahityapost.com
Source: shpt
(लघुकविता) समुद्र छिचोलेरहिमालको काखमा रमाउनेएक जोडी प्रेमीको सपनावास्तवमा धर्तीको नभईएउटा बेग्लै स्वर्गको गन्तव्य थियो। नीला आकाश छोएर उभिएकाती अग्ला–अग्ला चुचुराहरूमिर्मिरेको त्यो अद्भुत रङ्गमासाँच्चै देख्नमा सुन्दर देखिएको होला । जहाँ बतासको शीतल बेगसँगैसिङ्गै ब्रह्माण्डमा फैलिएर उडेको होलातिनीहरूको खुसीको उन्मत्त हाँसोहरू। मानौँ, तिनै प्रेमीहरूकोप्रेमिल आलिङ्गन र अद्भुत खुसीकोकम्पनले हिउँचुलीबाटहिउँ खस्दा सायद हिमपहिरो झरेको हुँदाे हाे । The post कविता : हिमपहिरो appeared first on साहित्यपोस्ट.