राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय - www.pardafas.com
Source: pfds
सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता हुने राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी, र जापान डा. दुर्गाबहादुर सुवेदी रहेका छन् उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताए ।