Redirecting...

पर्यटन र सामाजिक विकास कार्यालयको एकिकृत सेवा - kendrabindu.com

पर्यटन र सामाजिक विकास कार्यालयको एकिकृत सेवा - kendrabindu.com
Source: kend

गलकोट। गण्डकी प्रदेश सरकारअन्तर्गतका दुई कार्यालयले बागलुङ सदरमुकामबाट एकिकृत सेवा दिन थालेका छन्। प्रदेश सरकारको निर्णय बमोजिम दुई कार्यालय एकै ठाउँमा गाभिएर एकिकृत सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ । प्रदेश सरकार मातहतमा रहेको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय गाभिएपश्चात एकिकृत रुपमा सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ । एकिकृत कार्यालय साविकको उद्योग पर्यटन कार्यालयबाट सञ्चालन गरिएको कार्यालय प्रमुख पारसिंङ थापाले जानकारी दिए। कार्यालयको बुधबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक शुभारम्भ गरे। गुरुङले सेवा लिन आएका सेवाग्राहीको उद्योग दर्ता तथा नविकरणको सिफारिस प्रदान गरेर सेवा सञ्चालन गरेका थिए । प्रदेश सरकारले मितव्ययीता कायम र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका निम्ती कार्यालय गाभेर एकिकृत गरेको हो । एकिकृत सेवा कार्यालयले उद्योग, पर्यटन तर्फ दर्ता नविकरण, तालिम सञ्चालन पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण लगायतका कार्य गर्ने छ भने सामाजिक विकास तर्फबाट लक्षित वर्गका कार्यक्रम सञ्चालन र विद्यालय तथा मठमन्दिर लगायतका क्षेत्रको पूर्वाधार निर्माणका काम हुनेछन् । हाल साविकको उद्योग पर्यटन कार्यालयबाट मुख्य कामकाज सञ्चालन गरिएता पनि साविकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा सञ्चालन गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए। कार्यालय एउटै भए पनि प्रदेश मन्त्रालय भने दुई रहेका छन् । प्रदेश सरकार उद्योग पर्यटन मन्त्रालय र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय रहनेछ । गत साउनमा प्रदेश सरकारले विभिन्न सात वटा निर्देशनालय खारेज गर्ने र ३२ कार्यालयलाई एकापसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो ।