Redirecting...

एपिएफको सानदार सुरुवात - www.hamrokhelkud.com

एपिएफको सानदार सुरुवात - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले गोल गरिन्।यही गोलमा एपिएफले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफमा नसरिन झनै निरिह बन्यो। एपिएफले थप ३ गोल गर्न सफल रहयो। ७० औं मिनेटमा मिनाले अग्रता दुगुना गरिन्। त्यसको १० मिनेटमा रश्मिले व्यक्तिगत दोस्रो गोल गरिन्। एपिएफले सानदार अग्रता बनायो। इन्जुरी समयमा मिनाले पनि व्यक्तिगत दोस्रो गोल गरिन्। यो सँगै एपिएफले नसरिनलाई ४-० ले हराउँदै सशक्त सुरुवात गरेको छ। त्यसअघि आज भएको भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसीबीचको खेल गोल रहित बराबरीमा सकियो। लिग चरणमा सबै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि दुई टप टिमले फाइनल खेल्नेछन्। च्याम्पियनसिपमा साग ५ राष्ट्रका क्लबहरूको सहभागिता रहेको छ।‌ The post एपिएफको सानदार सुरुवात first appeared on हाम्रो खेलकुद.