Redirecting...

महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको पुरक निवेदन, मुद्दा फिर्ताको माग - nagariknews.nagariknetwork.com

महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको पुरक निवेदन, मुद्दा फिर्ताको माग - nagariknews.nagariknetwork.com
Source: ngrk

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयमा पुरक निवेदन दिएका छन् । आफूविरुद्ध दायर भएका मुद्दा फिर्ताको मागसहित उनले पुरक निवेदन दर्ता गराएका हुन् । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विभिन्न पाँचवटा जिल्ला अदालतमा विचाराधीन अवस्थामा छन् । लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं, पर्सा र चितवन अदालतमा सहकारी ठगीलगायतका मुद्दा विचाराधीन अवस्थामा छन् । लामिछानेले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ताको माग राखेर पुरक निवेदन दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । लामिछाने उच्च अदालत बुटबल धरौटी तथा इजलासबाट जमानतमा थुनामुक्त भएका हुन् ।