Redirecting...

म र घाम (कविता) - www.sutranews.com

म र घाम (कविता) - www.sutranews.com
Source: sutr

म सधैं घाम भन्दा पहिला उठेर उसलाई बोलाउने गर्छुकति सुत्छस्, अल्छि मत उठिसकेतँ छिटो उठ भन्ने गर्छु म त उदाए भनेतँ कहिले उदाउँछस् घाम बिहान चाँडै उठेर के धाक लाउँछस्उठिनस् भने हराएर जान्छस् केहि गर्न सकेन भने आफन्तको भनाई खान्छस्मुर्ख न परिस् तँमैले भनेको कहाँ मान्छस् सक्छस् भने मैले जस्तै उदाएर देखामैले जस्तै प्रसंसा पाएर देखा मम, तँ जस्तो कहिल्यै हुँदिनताकीबिहान उदाएर बेलुका अस्ताउनु परोस् जाडोमा प्रशंसा पाएर गर्मीमा सरापिनु परोस्मलाई त यसरी उदाउनु छ, कहिल्यै अस्ताउनु नपरोस् प्रकाश तेरो भन्दा पनि धेरै होस्तरकहिल्यै पोलिनु नपरोस् मलाई त यस्तो हुनु छकिकुनै बाबुले छोरालाई सम्झाउँदै गर्दाफलानो जस्तो हुनुपर्छ भनी उदाहरण दिनु परोस् पख न तँ जति पोलिनै बाँकी छ, दुःख र संघर्षमा झेलिनै बाँकी छ जुन दिनतँ भन्दा करोडौँ गुना तेज ममा हुने छ जुन दिनतँ भन्दा पनि जलेको हुने छुतँ भन्दा पनि अत्याधिक पीडा र छटपटाहटमा हुनेछु जुन दिनतँ भन्दा पनि धेरै सरापिने छु जुन दिनधेरै हेपिने छु,पीडै पिडामा पिल्सिने छु । जुन दिनसहन नसकेर छटपटाउने छुकराउने छुरुने छुपागल जस्तै हुनेछु । त्यसपछिको शान्त क्षणपश्चातर त्यो शान्त दिनको अर्को दिनकहिल्यै नअस्ताउने गरि मेरो उदय हुनेछ । अनिमेरो उदय देखेर छक्क पर्नु पर्ने छत्यो दिनबाटतँ कहिले उदाउँछस् भन्ने तेरो प्रश्न सकिने छ म त मान्छे हुँथाहा छैन- शरीर चितामा हुनेछतर यस्तो उदाएको हुने छु मेरो नामको अन्त्य,तँ उदाउन र अस्ताउन छोडेको दिन तँ सँंगै हुनेछ ।