अर्थमन्त्री खनालले दर्ता गरे अन्तरिम सरकारको पहिलो विधेयक - farakdhar.com
Source: FRDH
सरकारले आवश्यक संशोधनसहित तयार पारेको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभामा दर्ता भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ मन्त्रालयको तर्फबाट सो विधेयक प्रस्तुत गरेका हुन् । यसअघि यो विधेयक प्रतिनिधि सभामा छलफलको क्रममा थियो । तर, प्रतिनिधि सभा विघटन भएपछि विधेयक निष्क्रिय बनेको थियो । हाल सरकारले केही परिमार्जन र अद्यावधिक प्रावधानसहित पुनः संसदमा दर्ता गरेको हो ।