Redirecting...

विपदको वितण्डाः सामान्य बन्दै जनजिवन, सडक यातायातमा भने समस्या कायमै, विपदप्रतिरोधी पुर्वाधार बनाउनुपर्नेमा विज्ञको जोड (खासखबर) - nepalinetwork.com

विपदको वितण्डाः सामान्य बन्दै जनजिवन, सडक यातायातमा भने समस्या कायमै, विपदप्रतिरोधी पुर्वाधार बनाउनुपर्नेमा विज्ञको जोड (खासखबर) - nepalinetwork.com
Source: npln

काठमाडौं। अविरल वर्षासँगै उत्पन्न विपदले दुईदिनमै ठुलो धनजनको क्षति हुनेगरी वितण्डा मच्चाएपछी भयवित बनेको जनजिवन विस्तारै सामान्य बन्दै गएको छ। गत शुक्रबारदेखि देशका विभिन्न भागमा निरन्तर परेको भारी वर्षापछि आएको बाढी पहिरोमा परी ४६ जनाको मृत्यु, ६ जना बेपत्ता र २४ जना घाइतेसँगै ठूलो जनधनको क्षति पु¥याउँदा भयवित र त्रसित बनेको जनजिवन विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भएको हो। वंगालको खाडीबाट भित्रिएको मनसुनि प्रणालीले दुई दिनमा सबैभन्दा पूर्वि नेपालको कोशी प्रदेशमा असर गरेको छ। कोशीमा पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ। त्यसमध्ये इलाममा मात्रै पहिरोमा परि ३७ जनाको मृत्यु, दुईजना बेपत्ता र १० जना घाइते हुँदा ठुलो धनजनको क्षति पुगेको छ। सशस्त्र प्रहरी बलकाअनुसार भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी हालसम्म ५५ जनाको मुत्यु भएको जनाएको छ। दुईदिन वितण्डा मच्चाएपछी मनसुनि प्रणाली हिजोदेखी क्रमशः बाहिरिँदै गएपछी जनजिवन सामान्य अवस्थातर्फ उन्मुख भएको हो। तरपनि सडक यातायातमा भने अवस्था सामान्य बन्न केहि दिन लाग्ने देखिएको छ। दशैको समयमा जन्मथलो गएकाहरु कर्मथलो फर्किने समयमा बाढि र पहिरोले वितण्डा मच्चाएपछी अवरुद्ध भएर यात्रु तथा सवारीलाई सास्ती भोग्न वाध्य बनाएका केही मुख्य सडकहरु सञ्चालनमा ल्याइए पनि अझै केही सडकमा अवरोध कायमै रहेकोले सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ। सडक विभागका अनुसार आजदेखी नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर, धरान–धनकुटा लगाएतका सडक खण्डमा सवारी आवागमन सहज भएपनि वीपी राजमार्जसहित काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं, खुलेखानी–फाकेल–काठमाडौं, अरनिको राजमार्ग, कान्ति लोकपथ, पूर्व–पश्चिम महेन्द्र राजमार्ग मेची करिडोर, हुलाकी सडकलगाएतका सडकखण्डमा अवरोध कायमै छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता प्रभातकुमार झाका अनुसार अवरुद्ध सबै सडक एकहप्ताभित्र पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी छ। सँगै विभिन्न सडकखण्डमा भएको क्षतिको विवरण संकलन कार्य पनि जारी रहेको उहाँले बताउनुभयो। दुईदिनमै ठुलो वितण्डा मच्चाएको मनसुनि विपद बाहिरिएको छ भने मनसुन पनि क्रमश बाहिरिन थालेको छ। वरिष्ठ मौसमविद प्रतिभा मानन्धरका अनुसार वंगालबाट नेपाल भित्रिएर ठुलो धनजनको क्षति हुनेगरी वर्षा गराएको मनसुनी प्रणाली बाहिरिइसकेको छ भने अब केही दिन ठुलो वर्षा हुने सम्भावना पनि नरहेकोले ठुलो विपदको जोखिम पनि कम भएको छ। यता, हरेक वर्ष विपदबाट ठुलो धनजनको क्षति हुने गरेको भन्दै अब विपद्प्रतिरोधी पूर्वाधार निर्माण गर्नुपर्नेमा विज्ञहरुले पनि जोड दिन थालेका छन्। वरिष्ठ भौतिक पूर्वाधार तथा यातायातविज्ञ आशिष गजुरेलले विपद प्रतिरोधी तथा गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताउँदै सरकारले हरेक वर्ष भोगिरहेका विपदबाट पाठ सिकेर आगामी दिनमा जनधनको क्षति हुन नदिने गरी विपद्प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो। हरेकवर्ष नेपालमा मनसुनि विपदले ठुलो धनजनको क्षति हुने गरेको छ, तरपनि यसको प्रतिकार्यका लागी सरकारले खासै कदम चालेको देखिँदैन। विगतका अनुभवबाट भोलीका दिनमा विपदजन्य घटनाबाट कुनैपनि मानविय क्षति बेहोर्नु नपर्ने गरी सरकारले विपदप्रतिरोधी सडकदेखी सबै भौतिक पूर्वाधार निर्माणका लागी पनि तत्काल कदम चाल्न आवश्यक देखिन्छ।