रास्वपा सभापति लामिछाने अस्पताल भर्ना - farakdhar.com
Source: FRDH
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएपछि उपचारको लागि टिचिङ अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको हो । अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकक...