जलजलाको बाँसबोटमा बाँझो जमिनमा सामूहिक आलु खेती - farakdhar.com
Source: FRDH
पर्वतको जलजला गाउँपालिका–७ बाँस बोटमा बाँझो जमिनमा सामूहिक आलु खेती गरिएको छ । बाँझो जमिनलाई सदुपयोग, रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धिको साथै बिउ आलुमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले जलजला–बाँसबोट कृषक समूह मार्फत आलु खेती भएको हो । ८० रोपनी खेत भाडामा लिएर १६ जनाले एक सय १५ बोरा आलुको बिउ रोपेका हुन् । किसानले व्यक्तिगत रूपमा ५० बोरा आलु रोपेका छन् । सामूहिक आलु खेती सुरु भएको खेतमा यसअघि हिउँदमा खेती हुँदैनथ्यो । बाँस बोटमा दुई वर्षअघि पुर्जाखोला सिँचाई आयोजना नि...