Redirecting...

अर्थमन्त्री खनालको दाबी- मन्त्रालयमा हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ - www.pardafas.com

अर्थमन्त्री खनालको दाबी- मन्त्रालयमा हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ - www.pardafas.com
Source: pfds

अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अर्थ मन्त्रालयले कुनैपनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो । उनले जेन–जी आन्दोलनको मर्मअनुसार आफूले भ्रष्टाचार नियन्त्रणका लागि भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरिएको समेत बताए । उनले भने ‘हाम्रो अहिले अर्थ मन्त्रालय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने, कार्यान्वयन गरिहाल्ने अवस्थामा छौँ । कुनै पनि निर्णय गर्न विलम्ब गरेका छैनौँ । आश्वासनले मुलुकको विकास हुँदैन । आश्वासनले यहाँहरूलाई आश्वस्त पार्न सकिँदैन । जेनजी मोभमेन्टले हामीलाई एउटा घचघच्याएको विषयवस्तु के हो भने मुलुकमा सुशासन हुन सकेन भने भ्रष्टाचार न्यूनीकरण हुन सकेन भने जस्तोसुकै कुरा गरेपनि आम नागरिकले मुलुक भित्र काम गर्ने अवसर पाउन सक्दैनन् । मुलुक भित्र काम गर्न नसकेर सबै विदेश जाने चाहना राखिरहनुपर्छ भन्ने उहाँहरूको हो । त्यसको निम्ति प्रत्येक मन्त्रालयमा सुधारको काम भइरहेको छ । अर्थ मन्त्रालयमा भन्सार प्रशासनमा लागत कम हुने गरी आमूल सुधार गर्ने प्रयत्न गरिएको छ । त्यसको व्याख्या मैले लामो गर्दिन ।’ अर्थमन्त्री खनालले सबै नागरिकले रोजगारीका लागि विदेश जार्नैपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको पनि बताए ।