Redirecting...

अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास हुन्छः संयोजक अर्याल - taksarnews.com

अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास हुन्छः संयोजक अर्याल - taksarnews.com
Source: tsar

काठमाडाैँ । नेकपा (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास अझै जारी राख्ने जनाएको छ। सोमबार अपरान्ह सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै पार्टीको महाधिवेशन प्रचार–प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा रहेकी अर्यालले मनोनयनको काम सकिएपछि पार्टीको मूल नेतृत्वदेखि तह–तहसम्म सर्वसम्मतिको प्रयास गर्ने कार्यतालिका रहेको बताइन्। महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् भने ईश्वर पोखरेलले पनि सोही पदका लागि मनोनयन दर्ता गराएका छन्। महासचिवमा ओली पक्षबाट शंकर पोखरेल, ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ। संयोजक अर्यालका अनुसार यी सबै उम्मेदवारबिच छलफल गरी फेरि पनि सर्वसम्मति कायम गर्ने प्रयास गरिनेछ। अर्यालले भनिन्, “निर्वाचन मनोनयनको काम सकिएपछि हामीले उम्मेदवारबीच सर्वसम्मतिको प्रयास गर्नेछौं। मनोनयन फिर्ता लिन चाहने साथीहरुलाई फिर्ता गराउने र मूल नेतृत्वदेखि तलसम्म सर्वसम्मतिको प्रयास हाम्रो कार्यतालिकामा छ। यदि पूर्ण रुपमा सर्वसम्मत गर्न नसक्ने अवस्था आयो भने आंशिक रुपमा गर्नेछौं, र बाँकी भएमा निर्वाचन आयोगले मतदानमार्फत टुंगो लगाउने छ।” एमालेले सर्वसम्मति हुन नसके भोलि, पुस १ गते मतदानमार्फत नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।