क्यान्सर सर्वाइवर लामा र चित्रकारको टोली भोजपुरमा - ehimalayatimes.com
भोजपुर । क्यान्सर सर्वाइवर हर्क लामा र कबिता चित्रकारको साइक्लिङ टोली मंगलबार भोजपुर आएकाे छ । क्यान्सर पिडित तथा सर्वाइवर लाई हौसला प्रदान गर्ने साथै सहयोगका लागि साइक्लिङ अभियान सुरु गरिएको लिड राईडर हर्क लामाले बताउनुभयो । अभियानका अगुवा तथा क्यान्सर सर्वाइवर लामा र चित्रकारको टोलीले मध्यपहाडी लोकमार्ग हुँदै करिब १८ सय किलोमिटर दूरीमा साइक्लिङ गर्ने कार्यक्रम रहेको छ । क्यान्सरलाई जित्न सकिन्छ भन्ने सन्देश समाजमा फैलाउने तथा उपचारपछि पनि जीवन सक्रिय र प्रेरणादायी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्य अभियानको रहेको उहाँको भनाइ छ । यस अभियानमार्फत क्यान्सर रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै क्यान्सर पीडित, सर्वाइवर तथा उनीहरूको परिवार लाई मानसिक रूपमा सशक्त बनाउने लक्ष्य राखिएको छ । भाेजपुरका पत्रकारसँग मंगलबार कुरा गर्दै टाेलीले अभियानका बिषयमा जानकारी पनि गराएको छ ।