Redirecting...

कान्ति राजमार्ग ६० दिनका लागि बन्द हुने - taksarnews.com

कान्ति राजमार्ग ६० दिनका लागि बन्द हुने - taksarnews.com
Source: tsar

काठमाडाैँ । कान्ति राजमार्ग ६० दिनका लागि बन्द हुने भएकाे छ । कान्ति राजमार्ग सडक योजना एकान्तकुना, ललितपुरले जारी गरेको सूचनाअनुसार सडक विस्तार तथा कटिङ कार्यका कारण एकान्तकुना क्षेत्रअन्तर्गतका केही सडक खण्ड अस्थायी रूपमा बन्द हुने भएको हाे । साे अनुसार मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेबाट बेलुका ५ः०० बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको हो। निर्माण तथा स्तरोन्नतिको काम प्रभावकारी रूपमा सम्पन्न गर्न यातायात बन्द गर्नुपरेको योजनाले जनाएको छ। यसो हुँदा सो सडक खण्ड प्रयोग गर्दै यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरूले तोकिएको अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।