इसान शर्माको मृत्यु गाडीको ठक्करबाट भएको प्रहरीको दाबी - ekantipur.com
Source: kant
प्रहरीले रुपन्देहीको कञ्चन गाउँपालिका–३, धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्यु गाडीको ठक्करबाट भएको दाबी गरेको छ । परिवारले भने गाडीको ठक्करबाट नभई इसानको हत्या गरिएको दाबी गर्दै आएको छ । गत पुस २ गते हत्या गरेर सडक नालीमा फ्याँकिएको भन्दै पत्रकार सम्मेलनसमेत गरेको थियो।