Redirecting...

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ५० लाख बिगो दाबी - www.sutranews.com

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ५० लाख बिगो दाबी - www.sutranews.com
Source: sutr

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनीविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरिएको अधिकारीले बताए । उनका अनुुसार मुनंकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बिगो माग दाबी गरेर अभियोगपत्र दायर गरिएको हो । आयोगले मुनंकर्मीकी पत्नी पूर्ण केशरी गोसाईलाई पनि प्रतिवादी बनाएको छ ।