लामिनारद्वारा ‘मेरो सपनाको घर’ नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक - www.onlinepana.com
काठमाडौं । लामिनार भिट्रिफाईड टायलले “लामिनार-मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ । अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन् । यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर मेटलवुड फर्निचर, कोहलर सेनेटरीवेयर, ब्रिलियन्ट लाइटिंग तथा एम्पोरियोस फर्निसिंग्स जस्ता प्रतिष्ठित डिजाइन र लाईफस्टाइल ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ । यसमान सहभागी हुन ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नु पर्ने हुन्छ भने उक्त भिडियोलाई पब्लिक रूपमा आफ्नो टिकटक, इन्टाग्राम र फेसबुकमा पोष्ट गर्नु पर्ने हुन्छ । यस्तै @laminartiles लाई ट्याग गरेर #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नु पर्ने हुन्छ । प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ । विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्टका आधारमा गरिने छ । प्रत्येक विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन र Before–During–After फोटो/भिडियो डकुमेन्टेशन प्राप्त गर्न सक्नेछन् । भिडियो अपलेड गर्ने अन्तिम मिति (२०२६ जनवरी २) र विजेता घोषणा मिती (२०२६ जनवरी ७) रहेको छ । The post लामिनारद्वारा ‘मेरो सपनाको घर’ नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).