Redirecting...

फरक विचारको कारण दुर्व्यवहार गर्नु गलत : महामन्त्री थापा - nagariknews.nagariknetwork.com

फरक विचारको कारण दुर्व्यवहार गर्नु गलत : महामन्त्री थापा - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि मंगलबार भएको दुर्व्यवहारको घटनाप्रति महामन्त्री गगन थापाले खेद प्रकट गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले उक्त कार्य गलत र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको बताएका छन्। महामन्त्री थापाले एक असल प्रजातन्त्रवादीले सधैं विचारको विविधतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ र फरक मत राख्नेको सम्मान गर्छ। तर फरक मत राखेकै कारण दुव्र्यवहार भएको हो भने उक्त घटना झन बढी निन्दनीय रहेको बताएका छन् । उनले परिवर्तनका लागि अराजकता नभई विधि, विधान र स्थापित प्रक्रिया नै एकमात्र बाटो भएको स्पष्ट पारेका छन्।यो पनि पढ्नुहोस्निधिमाथिको दुर्व्यवहार ‘बिल्कुल गलत’ : महामन्त्री शर्मा