पल्सर-२२० मा अब ‘डबल च्यानल एबीएस’ - www.meroauto.com
काठमाडौं । बजाजको सर्वाधिक सफल मोडल पल्सर-२२० एफमा डबल च्यानल एबीएस उपलब्ध हुने भएको छ । भारतीय दुई पाङ्ग्रे साधन निर्माता बजाज अटोले आफ्नो सफल मोडलको २०२६ भर्सनमा अपग्रेड गर्न लागेको हो । पल्सर-२२० एफ नेपाली बजारमा पनि निकै सफल मोडल हो । निकै पावरफुल इन्जिन भएको कारण यसलाई सहरी, पहाडी होस् वा तराइका जिल्ला सबै तिर मनपराएका छन् । बजाजले पल्सर-२२० एफको अपडेटेड भर्सनमा ग्राफिकमा पनि परिवर्तन गर्ने भएको छ । कम्पनीले भारतको विभिन्न बिक्री केन्द्रहरुमा नयाँ पल्सर-२२० एफ पठाइसकेको स्थानिय मिडियाहरुले जनाएका छन् । डिसेम्बर १९ र २० मा हुने ‘इन्डियन बाइक विक-२०२५’मा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । इन्डियन बाइक विकमा बजाज समेत सहभागि रहेको छ । बजाज पल्सर-२२० एफमा डबल च्यानल एबीएसका अलावा फियरिङमा कार्वन फाइबर फिनिसिङ दिइएको छ । पुरानो बल्ल इन्डिकेटरलाई एलइडी टर्न इन्डिकेटरले रिप्लेस गरेको देखिन्छ । त्यस्तै, ह्वीलमा कलर स्ट्राइप दिइएको छ । पल्सर २२० एफमा २२० सीसी सिंगल सिलिन्डर एयर/आयल कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले २०.५ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ । पल्सर २२० एफको डिजाइनमा पनि कुनै परिर्वतन गरिएको छैन । सुरक्षा फिचर थपिएर आउन लागेको पल्सर २२० एफको मूल्य पनि भारतमा ७ हजार भारतीय रुपैयाँले वृद्धि हुने अनुमान गरिएको छ । The post पल्सर-२२० मा अब ‘डबल च्यानल एबीएस’ appeared first on Meroauto.