Redirecting...

कविता : मृत्युदण्ड - sahityapost.com

कविता : मृत्युदण्ड - sahityapost.com
Source: shpt

मेरो मस्तिष्ककोकुनै कुनामा झुन्ड्याइएकोटिक-टिक, टिक-टिकदाइँ हालिरहने भित्ते घडीबाटअलिकति समय चोरेरम खेती गर्छु सपनाको। विश्वासभित्र बाँच्नेहरूकाआन्द्राबाटनिस्कने आर्तनादसँगैबगिरहने आँसु सँगालेरम सिँचाइ गर्छु सपनाको। उखेलेर भविष्यहरूनिमोठेर भरोसाहरूमेटिने गरी आफ्नैहत्केलाका हस्तरेखाहरूम गोडमेल गर्छु सपनाको। एक दिन तिमीबुट बजार्दै आउँछौमलाई हत्कडी लगाउँछौरकठघरामा उभ्याएरन्यायाधीशसामु भन्छौ“यसले कुनै अनुमतिबिनाकुनै तिरो र कर नतिरीसपना देख्ने कुचेष्टा गर्‍योश्रीमान्दुस्साहस गर्‍यो । यसलाईमृत्युदण्ड दिइयोस् ।हो श्रीमान्यदि तपाईं पुनर्जन्ममाविश्वास गर्नुहुन्छ भनेयसलाईफेरि जन्मनै नपाउने गरीमृत्युदण्ड दिइयोस् ।”