कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ले सार्वजनिक गर्यो घोषणापत्र [पूर्णपाठसहित] - farakdhar.com
Source: FRDH
कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ले बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रममा आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा प्रस्तुत गर्दै समावेशी निर्वाचन प्रणाली, प्रदेश परिषद् निर्माण, मन्त्रीमा विशेषज्ञको सहभागिता, न्यायपरिषद्को पुनर्संरचना र स्थानीय तहको गैरदलीय निर्वाचन जस्ता मुख्य प्रस्ताव अघि सारेको छ। घोषणापत्रअनुसार पार्टीको प्राथमिक लक्ष्य शासकीय सुधार, सुशासन, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रतर्फ नेपा...