विरोधकाबीच एमालेले पुरानै विधान ब्यूँतायो, ओलीलाई सहज हुने गरी पदाधिकारी थपियो - farakdhar.com
Source: FRDH
नेकपा एमालेले आन्तरिक विरोधका बीच गत भदौमा भएको विधान महाधिवेशनका निर्णय उल्ट्याउँदै पुरानै विधानअनुसार अघि बढ्ने निर्णय गरेको छ । भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीको आकार पुनः बढाउने निर्णय गरेको हो । बैठकले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहने व्यवस्था गर्ने निर्णय गरेको छ । यससँगै ९९ सदस्यीय पोलिटब्युरो, ४५ सदस्यीय स्थायी कमिटी र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिएको हो । गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीक...