Redirecting...

अटेर २३ कर्मचारीलाई गृह मन्त्रालयको चेतावनी– २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुनू - www.sutranews.com

अटेर २३ कर्मचारीलाई गृह मन्त्रालयको चेतावनी– २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुनू - www.sutranews.com
Source: sutr

काठमाडौं । गृह मन्त्रालयले सरुवा भए पनि अटेर गरी सम्बन्धित स्थानमा नगएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । शुक्रबार सूचना निकालेर गृहले सरुवा तथा पदस्थापना भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएर अटेरपन देखाएका २३ कर्मचारीलाई २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन जान निर्देशन दिएको हो । गत असार १६ गतेदेखि साउन ७ गतेसम्मको अवधिमा भएको गृह मन्त्रालयको निर्णयअनुसार सरुवा÷पदस्थापना भई सम्बन्धित कार्यालयमा हाजिर हुन नजानेमा १८ शाखा अधिकृत र ५ नायबसुब्बा छन् ।