अमेरिकाले चिनियाँ ओएलईडी बीओई प्यानलहरूको आयातमा प्रतिबन्ध लगाउन सक्ने - technologykhabar.com
अमेरिकी आईटीसी (अन्तर्राष्ट्रिय व्यापार आयोग) को निर्णयले अमेरिकामा बीओई प्यानलहरूको आयातमा प्रतिबन्ध लगाउन सक्ने कुरा बाहिरिएको छ। चिनियाँ प्यानल निर्माता बीओईले कोरियाली टेक जायन्टबाट व्यापारिक गोप्य कुराहरू चोरेको भन्दै सामसङले दुई वर्षअघि चिनियाँ प्यानल निर्माता कम्पनी विरुद्ध मुद्दा दायर गरेको थियो। यस विषयमा जानकार स्रोतहरूका अनुसार, आईटीसीले आगामी १४ वर्ष ८ महिनाको लागि बीओईको ओएलईडी प्यानलहरूको अमेरिकामा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो फैसला अन्तिम भने होइन। तर बीओई र यसका सात सम्बद्ध कम्पनीहरूले सामसङको व्यापारिक गोप्य कुराहरूको दुरुपयोग गरेर आफ्ना प्यानलहरू बेचेर अमेरिकी ट्यारिफ ऐनको उल्लङ्घन गरेको निष्कर्षमा उल्लेख गरिएको छ। यसको अन्तिम फैसला भने नोभेम्बरमा हुनेछ। अदालतले प्रतिबन्धलाई समर्थन गर्ने सम्भावनामा बढी रहेको भन्दै विज्ञहरू र विश्लेषकहरूले आफ्ना विश्वास व्यक्त गरेका छन्। आईटीसीले प्रतिबन्ध लागू गरेको खण्डमा, यसले सामसङलाई केही सहजता प्रदान गर्नेछ। हालका वर्षहरूमा, बीओईले उद्योगमा कोरियाली कम्पनीको प्रभुत्वको विरोध गर्दै आएको छ। बीओईका ओएलईडी प्यानलहरू अब गुणस्तर र पर्फमेन्सको हिसाबले सामसङसँग मिल्छन् भने तिनीहरुको मूल्यहरू कोरियाली कम्पनीको भन्दा कम रहेका छन्। यसबाहेक, बीओईले आफ्ना ओएलईडी प्यानलहरू सहित लगभग २२.७ प्रतिशत आईफोनहरू आपूर्ति गर्दछ। त्यसैले यदि बीओईको ओएलईडी–सम्बन्धित उत्पादनहरूको आयातमा प्रतिबन्ध लगाउने निर्णय नोभेम्बरमा अन्तिम भयो भने, एप्पलले आफ्ना प्यानलहरू सामसङ र एलजीबाट प्राप्त गर्न बाध्य हुनेछ। यो व्यापार प्रतिबन्धबाट पीडित हुने एप्पल एक मात्र अमेरिका–आधारित कम्पनी भने हुने छैन। एचपी र डेलले पनि आफ्ना केही उत्पादनहरूको लागि बीओई प्यानलहरू प्रयोग गर्ने गरेका जीएसएमएरिनाले रिपोर्ट गरेको छ। The post अमेरिकाले चिनियाँ ओएलईडी बीओई प्यानलहरूको आयातमा प्रतिबन्ध लगाउन सक्ने appeared first on Technology Khabar.