Redirecting...

एमालेले उम्मेदवार टुङ्ग्यायो, असन्तुष्टि चुलिँदै (सूचीसहित) - kendrabindu.com

एमालेले उम्मेदवार टुङ्ग्यायो, असन्तुष्टि चुलिँदै (सूचीसहित) - kendrabindu.com
Source: kend

काठमाडौँ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवार टुङ्ग्याएको छ । शनिबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले केही निर्वाचन क्षेत्र बाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। बाँकी क्षेत्रमा उम्मेदवार छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार पर्सि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। एमालेले यसपटक पनि अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ। ओली साविककै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने निश्चित भएको छ। यससँगै एमालेले चुनावी रणनीति र नेतृत्व दुवै ओलीमै केन्द्रित गरेको सन्देश दिएको छ। तर उम्मेदवार छनोट प्रक्रियाले पार्टीभित्र असन्तुष्टि पनि सतहमा ल्याएको छ। पछिल्लो महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका नेताहरू टिकट वितरणमा पाखा पारिएको गुनासो गर्दै आएका छन्। उपमहासचिव योगेश भट्टराईको निर्वाचन क्षेत्रमा समेत उम्मेदवार टुङ्ग्याइएको छैन। त्यहाँ अध्यक्ष ओलीले नै अन्तिम निर्णय गर्ने सचिवालयले निर्णय गरेको भट्टले बताए। त्यस्तै, काभ्रे–२ मा जिल्ला र निर्वाचन क्षेत्र कमिटीले गोकुल बास्कोटाको एकल नाम सिफारिस गरे पनि उम्मेदवार टुङ्गो लाग्न सकेको छैन। कैलाली–२ बाट झपट रावलले टिकट नपाएपछि असन्तुष्टि देखिएको छ। यद्यपि, योगेश भट्टराईले निर्णयलाई लिएर कार्यकर्ता विचलित नहुन आग्रह गरेका छन्। एमालेले सार्वजनिक गरेको सूचीअनुसार देशभर अधिकांश क्षेत्रमा उम्मेदवार तय भइसकेका छन् भने केही स्थानमा ‘बाँकी’ राखेर निर्णय अध्यक्षमा छोडिएको छ। नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार (पूर्ण सूची)सुदूरपश्चिम कैलाली१. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्ट५. यज्ञराज ढुङ्गाना कञ्चनपुर१. कमला बोहरा२. वचनबहादुर सिंह३. दीपकप्रसाद भट्ट अछाम१. झपटबहादुर बोहरा२. यज्ञ बोगटी बाजुरा१. लालबहादुर थापा डोटी१. दीपक धामी डडेल्धुरा१. चक्र स्नेही बझाङ१. अफिलाल ओखेडा बैतडी१. दामोदर भण्डारी दार्चुला१. गणेशसिंह ठगुन्ना कर्णाली सल्यान – गुलाबजंग शाहरूकुम पश्चिम – नन्दराम देवकोटासुर्खेत – ध्रुवकुमार शाही, कुलमणि देवकोटाकालिकोट – नागेन्द्र शाहीजुम्ला – शान्तिबहादुर महतमुगु – पूर्णबहादुर रोकायाजाजरकोट – डम्बरबहादुर सिंहदैलेख – रवीन्द्रराज शर्मा, लक्ष्मीप्रसाद पोखरेलहुम्ला – दल फडेराडोल्पा – लंक रोकायारूकुम पूर्व – (बाँकी) लुम्बिनी नवलपरासी पश्चिम – रामप्रसाद पाण्डे, भगवतीप्रसाद यादवरूपन्देही – वासुदेव घिमिरे, खिमलाल भट्टराई (३ क्षेत्र बाँकी)पाल्पा – नारायण आचार्य, विष्णु पौडेलकपिलवस्तु – विश्राम चौधरी, वीरेन्द्रप्रसाद कडौनिया (१ बाँकी)दाङ – घनश्याम पाण्डे (२ बाँकी)बाँके – सूर्य ढकाल, दलबहादुर सुनार (१ बाँकी)बर्दिया – शालिकराम अधिकारी, विमला विकरोल्पा – गोकुल घर्तीप्युठान – सूर्यबहादुर थापा क्षेत्रीअर्घाखाँची – पिताम्बर भुसालगुल्मी – प्रदीप ज्ञवाली, गोकर्ण विष्ट गण्डकी नवलपुर – भागीरथ सापकोटा, तिलबहादुर महत क्षेत्रीगोरखा – आरसी लामिछाने, मिलन गुरुङलमजुङ – पृथ्वीसुब्बा गुरुङतनहुँ – भगवती न्यौपाने, केदार सिग्देलस्याङ्जा – मीनप्रसाद गुरुङ, खिमबहादुर थापाम्याग्दी – हरिकृष्ण श्रेष्ठकास्की – बैणबहादुर क्षेत्री, कृष्णबहादुर थापा, दामोदर बैरागीबागलुङ – हिरा केसी, मञ्जु शर्मा चालिसेमुस्ताङ – इन्द्रधारा विष्टमनाङ – पोल्देन गुरुङपर्वत – पदम गिरी बागमती सिन्धुली – प्रदीप केसी (कटुवाल), मनोजजंग थापारामेछाप – माधवप्रसाद ढुंगेलदोलखा – पार्वत गुरुङसिन्धुपाल्चोक – आङदोर्जे शेर्पा, शेरबहादुर तामाङकाभ्रे – अमित लामा (१ बाँकी)धादिङ – भूमी त्रिपाठी, धनबहादुर घलेनुवाकोट – बद्री मैनाली, केशव पाण्डेरसुवा – प्रेमबहादुर तामाङमकवानपुर – रामेश्वर राना, महेश बर्तौलाचितवन – कमलराज पाठक, अस्मिन घिमिरे, शंकरराज थपलियाकाठमाडौं –१. मोहन रेग्मी२. मणिराम फुयाल३. रामेश्वर फुयाल४. अमनकुमार मास्के५. राजेश शाक्य६. विनोद श्रेष्ठ (४ क्षेत्र बाँकी)भक्तपुर – सोमप्रसाद मिश्र, महेश बस्नेतललितपुर – चेतनाथ सन्जेल, प्रेमबहादुर महर्जन (१ बाँकी) मधेस सप्तरी – सुमनराज प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी, बालकृष्ण चौधरीसिराहा – रामशंकर यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ, बिल्टु साहधनुषा – रामचन्द्र मण्डल, उमाशंकर अग्रहरी, जुलीकुमारी महतो, रघुवीर महासेठमहोत्तरी – लक्ष्मी महतो कोइरी, रामपरीक्षण यादव, सरोज यादव (१ बाँकी)सर्लाही – हरि उप्रेती (२ बाँकी)रौतहट – अजय गुप्ता, शैलेन्द्र साह, कुन्दन कुशवाहा, रामजी साहबारा – अच्युत मैनाली, बलवीरप्रसाद चौधरी, ज्वालाकुमारी साह, कृष्ण (किसान) श्रेष्ठपर्सा – प्रमोद जैसवाल, जालिम मियाँ अन्सारी (२ बाँकी) कोशी ताप्लेजुङ – (बाँकी)पाँचथर – अइन्द्रसुन्दर नेम्वाङइलाम – काजिमान कागते, सुहाङ नेम्वाङझापा –१. रामचन्द्र उप्रेती२. देवराज घिमिरे३. मनोज ताम्ली४. केपी शर्मा ओली (झापा–५) (१ बाँकी)संखुवासभा – (बाँकी)धनकुटा – राजेन्द्र राईतेह्रथुम – भानुभक्त ढकालभोजपुर – शेरधन राईसुनसरी – सूर्य पन्दाक, भगवती चौधरी, जगदीश कुशियैत (१ बाँकी)मोरङ – घनश्याम खतिवडा, दिलीपकुमार बगडिया (अग्रवाल), दिलीप राई, जीवन घिमिरे (२ बाँकी)सोलुखुम्बु – कल्पना राईओखलढुंगा – अस्मिता थापाउदयपुर – दुर्गा थापा स्वस्ती, अमरबहादुर रायमाझीखोटाङ – देवविक्रम राई