Redirecting...

असोज बाढी–पहिरो क्षतिः हालसम्म १ करोड ८८ लाखको दाबी भुक्तानी - taksarnews.com

असोज बाढी–पहिरो क्षतिः हालसम्म १ करोड ८८ लाखको दाबी भुक्तानी - taksarnews.com
Source: tsar

काठमाडौँ । देशभर गत असोज १८ गते परेको अविरल वर्षा र बाढी–पहिरोका कारण भएका भौतिक र अन्य क्षतिको बिमा दाबीमा हालसम्म निर्जीवन बिमा कम्पनीहरूले केही मात्र भुक्तानी गरेका छन्। नेपाल बिमा प्राधिकरणका अनुसार कुल ७८१ वटा प्रारम्भिक दाबी दर्ता भएकोमा करिब ४ अर्ब ४ करोड रुपैयाँ रकममध्ये हालसम्म ६७ दाबीको मात्रै भुक्तानी गरी करिब १ करोड ८८ लाख रुपैयाँ बीमितलाई उपलब्ध गराइएको छ। प्राधिकरणले प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, सम्पत्ति बिमामा ४१० वटा दाबी दर्ता भएकोमा २० दाबीको भुक्तानी करिब ८३ लाख रुपैयाँ, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा १०६ दाबीमध्ये ६ दाबीको करिब २ लाख, कृषि तथा बाली बिमामा २१० दाबीमध्ये ३१ दाबीको करिब १३ लाख, र निजी मोटर बिमामा ४० दाबीमध्ये ९ दाबीको ८७ लाख रुपैयाँ भुक्तानी भएको छ। सामुद्रिक बिमामा ३ दाबीमध्ये एक दाबीको ३ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने सार्वजनिक मोटर बिमा र लघु बिमामा क्रमशः १० र २ दाबीको भुक्तानी अझै बाँकी छ । प्राधिकरणले प्रभावित बीमितलाई सकेसम्म छिटो भुक्तानी प्रक्रिया पूरा गर्ने काम अघि बढाइरहेको जनाएको छ।