कारागारबाट फरार दुई कैदी पक्राउ - nagariknews.nagariknetwork.com
जेनजी आन्दोलनका क्रममा बाँके र काठमाडौंकाे नक्खु कारागारबाट भागेका दुई जना कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेकाे छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भदाै २४ गते बाँकेकाे नौवस्ता कारागारबाट भागेका जबरजस्ती करणी मुद्वा कैदी २२ वर्षीय रतन वादीलाई साेमबार पक्राउ गरिएकाे हाे। उनलाई सुर्खेतकाे गुर्भाकोट नगरपालिका-६ नक्कलेमा लुकिछिपी बसेको अवस्थामा प्रहरी चौकी मेहलकुकीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ। यस्तै भदौ २४ गते काठमाडाैंकाे नख्खु कारागारबाट फरार भएका गंगबहादुर भुरूङलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। सुर्खेतकाे लेकवेशी नगरपालिका-८ का गुरूङ पनि जवजस्ती करणी मुद्दामा थुनामा थिए। जेलबाट भागेर घर आएका भुरूङलाई इलाका प्रहरी कार्यालय लेकवेशीले साेमबार ११ बजेतिर घरैबाट नियन्त्रणमा लिएकाे थियाे। दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला कारागार सुर्खेत पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।