एनपीएल : विजेता लुम्बिनीले १ करोड १० लाख पाउने, अरू कुन टिमले कति पाउँछन् ? - bishwokhabar.com
Source: bsbk
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउनेछ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख पाउनेछ । चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख पाउनेछ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रतियोगिता सुरु हुनु अघि पहिलो सिजनको पुरस्कार रकमलाई नै निरन्तरता दिने बताएका थिए।