ट्रम्पको विशेष जहाज बन्न अझै ३ वर्ष लाग्ने - www.meroauto.com
काठमाडौं । अमेरिकी राष्ट्रपतिको आधिकारिक जहाज एयरफोर्स वान निर्माण सम्पन्न हुन अझै ३ वर्ष लाग्ने भएको छ । बोइङले निर्माण गरिरहेको विशेष जहाज एयरफोर्स वान सन् २०२८ मात्रै डेलिभरी हुने भएको हो । बोइङले सन् २०१८ मा ३.९ अर्ब अमेरिकी डलरमा दुईवटा एयरफोर्स वान बनाउने सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०२४ मा डेलिभरी गर्ने भनिएको थियो । तर, उक्त जहाज अब सन् २०२८ मात्रै डेलिभरी हुने बोइङले जनाएको छ । बोइङ कम्पनीले निर्माण गरिरहेको एयरफोर्स वान बोइङ ७४७-८ मोडल हो । नेक्स्ट जेनेरेशन यूएस प्रेसिडेन्टको एयर ट्रान्स्पोर्टको लागि निर्माण भइरहेको जहाजमा स्पेशलाइज जेट इक्युपमेन्टका साथै एड्भान्स कम्युनिकेशन र डिफेन्स सिस्टम रहने छ । अमेरिकी राष्ट्रपतिको हवाई उडानमा सुरक्षाको लागि प्रत्येक उडानमा एकै रङ र मोडलका २ वटा ७४७-८ जहाज हुने गरेको छ । अमेरिकी विमान कम्पनी बोइङले पनि एक पटक २ वटा ७४७-८ मोडललाई एयरफोर्स वानको लागि विकास गरिरहेको हो । अहिले संचालनमा रहेको एयरफोर्स वान सन् १९९० बाट सर्भिसमा आएको थियो । गत मे महिनामा कतारका अमिरले अमेरिकी राष्ट्रपतीलाई लग्जरी बोइङ ७४७ उपहार दिएका थिए । राष्ट्रपती ट्रम्पले बोइङको यो ढिलासुस्तीमा असन्तुष्टि जनाउँदै कतारले दिएको जहाजलाई भए पनि छिटो एयरफोर्स वानमा कन्भर्र्ट गर्न अमेरिकी वायुसेनालाई आदेश दिइसकेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकाल बाँकी रहँदै नयाँ जहाजमा उडान गर्न चाहेका छन् । बोइङकले पछिल्लो पटक उक्त जहाज सन् २०२८ को मिडसम्ममा डेलिभरी गर्ने बताएको छ । जुन राष्ट्रपति ट्रम्पको कार्यकालभन्दा ठिक ६ महिना अगाडि हो । ट्रम्पको कार्यकाल सन् २०२९ को जनवरीमा सकिने छ । The post ट्रम्पको विशेष जहाज बन्न अझै ३ वर्ष लाग्ने appeared first on Meroauto.