Redirecting...

एमाले ११ औँ महाधिवेशन: भोट माग्न व्यस्त नेता, कार्यकर्ता र प्रतिनिधि - www.nepalclicks.com

एमाले ११ औँ महाधिवेशन: भोट माग्न व्यस्त नेता, कार्यकर्ता र प्रतिनिधि - www.nepalclicks.com
Source: nplk

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ। कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ। अध्यक्ष पदमा पार्टी नेतृत्वका लागि केपी शर्मा ओली तेस्रो पटक दोहोरिन चाहेका छन् भने उनीविरुद्ध ईश्वर पोखरेल मैदानमा उत्रिएका छन्। पाँच उपाध्यक्ष पदका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णु पौडेलले उम्मेदवारी दिएका छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ। मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। मतदानअघि महाधिवेशनस्थान भृकुटीमण्डपमा आफ्ना उम्मेदवारलाई भोट माग्न नेता, कार्यकर्ता र प्रतिनिधिहरू व्यस्त देखिएका छन्।