Redirecting...

कविता : पुरानो घर - sahityapost.com

कविता : पुरानो घर - sahityapost.com
Source: shpt

सिकुवामा बसेर चोया खिप्दै गर्दायन्त्रझैँ चल्ने बुबाका ती परिश्रमी हातहरू।चामल निफन्दै गर्दा सेताम्ये हिउँसरिभुसले छोपिएकी आमाको त्यो मुहार ।आँगनमा छताछुल्ल हाँस, परेवा र कुखुराहरूको साम्राज्य ।गोठ अनि खोरमा गाई–बाख्राहरूले चलाउने मनमौजी ।घुरेनमा टुसाउँदै गरेका बेलचण्डा र खोर्सानीका कलिला मुनाहरू।रहर उमारेर करेसाबारीमा हर्लक्कै बढेका कोबी,धनियाँ, रायो र आलुका बिरुवाहरू ।तँछाड–मछाड गर्दै लहराउने गोलभेँडाका लहराहरू। बर्खामासमा बाछिटाले हान्दा बलेँसीमाझङ्कृत प्रतिध्वनी कुनै सुमधुर सङ्गीतको तालजस्तै सुनिन्थ्यो।हिउँदमा मुटु हल्लाउने गरी चल्ने शीतलहरको वेगघरको चार दिवारीमा कैदीजस्तै थुनिन्थ्यो ।दलिनभरि बिहानै पाहुना लाग्ने घामका किरणहरू।कर्कलाका पातमा टल्किने मोतीजस्ता शीतका थोपाहरू ।साँझ बास बस्न फर्केका पन्छीहरूको कल्याङमल्याङ ।आरु र अम्बाका फूलमाथि भुनभुनाउने मौरीहरू ।आफैँसँग लुकामारी खेलेर नथाक्ने सेता, पहेँला, खैरा पुतलीहरू।हक जमाएर आफ्नो घर बनाउन व्यस्त कमलकोटीको भुनुनुँ। मंसिरको चटारो होस् वा असारको हतारो,याम अनुसारको कामको भारीले थिचिनुको बेग्लै मज्जा थियो।खमारभरि धानको कुनिउँले हल गोरूसँग साउती गर्थ्यो दाइँ गर्नलाई।टहटह जून टल्किने खेतका गराहरूले बाटो कुर्थेअधीर भएर रोपाहारलाई।मानौँ यो एक प्रजनन चक्र होमानव र माटोबीचको, जहाँदुवै हतारमा हुन्छन् गर्भधारण गर्नलाई। एकैछिन फुर्सद निकालेर लाम्पाते सुर्तीको सर्कोलेथकानलाई गलहत्याउँदै छिमेकीसँग गफिनुदेशको भविष्यदेखि सन्तानको भविष्यसम्म,कुलो–पैनीको समस्यादेखि बालीनाली बिग्रेकोसम्मकिञ्चित चिन्ताले पिरोलिएर हतारमा बिसाइ राखेर मनको गरुङ्गो भारीकोदालो काँधमा भिरेर खेततिर लम्कनुयो एक दिनचर्या मात्र थिएनत्यो त एक आहुति थियोत्याग अनि समर्पणकोत्यो त एक तपस्या थियो, जीवन अनि भोगको। वल्लो ठाउँबाट पल्लो ठाउँबुर्कुसी मार्ने गाईका बाच्छाहरू।बेलगाम खुसीले बगैँचातिर उफ्रिहिँड्ने बाख्राका पाठाहरू।छानोमाथि चिरबिराउने भँगेरीका बचेराहरू।बाँसको झ्याङबाट एकतमासले आउने झ्याउँकिरीको झ्याउँझ्याउँ।चुक घोप्टिएको अँध्यारोमाझ बेफिक्र नाच्ने जूनकिरीसँगै त्यो पुरानो घरजहाँ, घाम उदाउँथ्यो, इन्द्रेणी हाँसो लिएर, घाम अस्ताउँथ्यो, गुलाबी खुसी छोडेर। के थिएन त्यो घरमा ? सबथोक थियोमैले देख्न नजानेको सपनाबाहेक। The post कविता : पुरानो घर appeared first on साहित्यपोस्ट.