पोखराको प्रचार गर्दै व्यवसायीको टोली विराटनगरमा - nagariknews.nagariknetwork.com
Source: ngrk
पोखराका पर्यटकीय स्थल तथा सडक महोत्सव २०८२ को प्रचार गर्दै पोखराका व्यवसायीको टोली विराटनगर आइ पुगेको छ । आइतबार विराटनगर आइपुगेको पोखराका पर्यटन व्यवसायीको टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी पोखरा घुम्न आउन कोशी प्रदेशवासीलाई निम्तोसमेत दिएको छ । ‘सडकमै खाउ, सडकमै नाचौं सडक मै रमाउँ’ भन्ने नाराकासाथ पोखरा सडक महोत्सव २०८२ पुस १३ गते देखि १७ गतेसम्म आयोजना गर्न लागिएको जनाइएको छ । महोत्सवमा खाना, संस्कृति र संगीतको प्रबद्र्धन गर्ने लक्ष राखिएको महोत्सव आयोजक समितिका संयोजक वसन्त गौतमले बताए । उनका अनुसार पोखरा सडक महोत्सव विगत २६ वर्ष देखि हरेक बर्ष अंग्रेजी नयाँ बर्षको अबसरमा आयोजना गर्दै आइएको छ । सडक महोत्सव र पोखराको पर्यटन प्रबर्द्धनका लागि हिंडेको टोलीले इटहरी, विराटनगर, जनकपुर र चितवनमा प्रचार प्रसारगर्ने जनाएको छ ।