Redirecting...

महिलालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ - www.pardafas.com

महिलालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ - www.pardafas.com
Source: pfds

हिलालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–२ सिसियारी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ राधेमाईमा नेक मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका ४० वर्षीय नेक महम्मद र सोही वर्कसपमा कार्यरत रौतहटका २१ वर्षीय अफताब अन्सारी रहेका छन्। प्रहरीका अनुसार २०८२ साल वैशाख २३ गते वीरगन्ज बसपार्क क्षेत्रकी एक महिलालाई गोठबाट घर फर्कने क्रममा बाटोमै समातेपछि नजिकैको एक लजमा लगेर जबरजस्ती करणी गरिएको आरोप उनीहरूमाथि लागेको छ। घटना पछि फरार रहेका उनीहरूलाई पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले खोजी गर्दै जाँदा वीरगन्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनामाथि अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।