Redirecting...

बागमतीका मुख्यमन्त्री लामाले दिँदैछन् शर्तसहित राजीनामा - mahendranagarpost.com

बागमतीका मुख्यमन्त्री लामाले दिँदैछन् शर्तसहित राजीनामा - mahendranagarpost.com
Source: madn

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज राजीनामा दिने तयारी गरेका छन्। हिजो पार्टी सभापति शेरबाहदुर देउवा र हालै संसदीय दलको नेतामा चुनिएका इन्द्र बानियाँसंग छलफल भएपछि लामा राजीनामा दिन तयार भएका हुन्। बुढानीलकण्ठमा भएको छलफलमा मुख्यमन्त्री लामाले साउन १४ गते नियुक्त गरेको तीनजना मन्त्रीलाई सपथ गराउने, लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने र मुख्यमन्त्रीले राजीनामा गर्ने सहमति भएको छ। लामाले कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए। लामाले राजीनामा दिएपछि बागमती प्रदेशमा बानियाँ मुख्यमन्त्री बन्नेछन्। सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि भएको सहमतिअनुसार अब बन्ने मुख्यमन्त्री बानियाँले ८ महिना मात्र सरकार सञ्चालन गर्न पाउनेछन्। त्यसपछि एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ। The post बागमतीका मुख्यमन्त्री लामाले दिँदैछन् शर्तसहित राजीनामा appeared first on MahendranagarPost.