Redirecting...

जैसवालको शतकमा भारत बलियो - www.hamrokhelkud.com

जैसवालको शतकमा भारत बलियो - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी – ओपनर यशस्वी जैशवालको शतकमा घरेलु टोली इङ्ग्ल्याण्डसँगको पाँचौ तथा अन्तिम टेस्ट भारत बलियो अवस्थामा रहेको छ। ओभलमा जारी टेस्टमा घरेलु टोलीले ३ सय ७४ रनको विशाल लक्ष्य पाएको हो । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेको छ । भारतका ओपनर जैसवालले १४ चौका र २ छक्काको सहयोगमा १ सय १८ रनको शतकीय इनिङ खेले । तेस्रो विकेटका लागि जैसवालले आकाश दिपसँग १ सय ७ रनको शतकीय साझेदारी गरे । आकाशले १२ चौकाको सहयोगमा ६६ रन बनाए । रविन्द्र जडेजा र वासिंटन सुन्दरले समान ५३ रन जोडे।धुव्र जुरेल ३४,करुण नायर १७ तथा साई सुदर्सन र कप्तान शुभमन गिल समान ११ रनमा आउट भए । घरेलु टोलीका लागि जोस टंगले ३० ओभरमा १ सय २५ रन खर्चिएर ५ विकेट लिए । गस एटकिन्सनले ३र जेमी ओभरटर्नले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २ सय २४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २ सय ४७ रन जोडेको थियो। ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अघि छ ।The post जैसवालको शतकमा भारत बलियो first appeared on हाम्रो खेलकुद.