संविधान नमान्नेहरूले नै संसद् अवरुद्ध पारेका छन् : प्रधानमन्त्री - bishwokhabar.com
काठकाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरूले मात्रै संसद् अवरुद्ध गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले संसद् नचाहिएकाहरूले मात्रै सदनमा अवरोध सिर्जना गरेको उल्लेख गरे । “जो मान्छे संविधान मान्दैन, जो मान्छे प्रणाली मान्दैन, लोकतन्त्र मान्दैन, संसदमा त्यस्ता मानिसहरू छन् र संसद् अवरुद्ध गरिरहेका छन् । उनीहरूलाई संसद् चाहिएकै छैन । संसद् किन चाहियो ? त्यसकारण उनीहरू संसद् देख्न सुन्न मान्दैनन् । भित्रै पसेर भत्काउने, भित्रै पसेर आगो बाल्ने, सोचमा भएका मानिसहरू भएपछि अनि प्रणालीमा समस्या उत्पन्न हुँदैन ?,” ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाल अहिले श्रीलंका वा बंगलादेश कुनै पनि नबन्ने बताए । व्यवस्थामाथि प्रहार गर्नेविरुद्ध प्रतिकार गर्न पनि तयार रहेको उनको भनाइ छ ।