कविता : मलाई मन छ - sahityapost.com
Source: shpt
मलाई तिम्रो अँगालोमा बेरिन मन छ,मलाई तिम्रो बोली सुनि मन्त्रमुग्ध हुन मन छ।तिम्रो मनमा के छ, थाहा छैन मलाई,तर मलाई सधैँका लागि तिम्रै बनिरहन मन छ। मलाई तिम्रो मुहार हेरी टोलाइ रहन मन छ,मलाई तिमीलाई पाउन दुनियाँ जित्न मन छ।तिम्रा लागि चन्द्रमा ल्याउन सक्छु भन्दिनँ म,तर तिमीले इच्छा जताए प्रयास गर्न मन छ। मलाई चालीस कट्दाका पलहरू तिमीसँगै रमाउन मन छ,शिशिरको त्यो चिसो बताससँगै तिमीसँगै उडन् मन छ।अरू केही चाहिएको छैन मलाई तिमीबाट,केबल मलाई तिम्रो बुढेसकालको लाठ्ठी बन्न मन छ। The post कविता : मलाई मन छ appeared first on साहित्यपोस्ट.