Redirecting...

राष्ट्रिय सभा निर्वाचन : कोशी र गण्डकीमा मतगणना सुरु - www.pardafas.com

राष्ट्रिय सभा निर्वाचन : कोशी र गण्डकीमा मतगणना सुरु - www.pardafas.com
Source: pfds

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा स्थानीय तहका २६७ र प्रदेश सभाका ९२ जना मतदाता थिए । यस्तै गण्डकीमा प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका छन् ।