उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, को-को माथि परेको थियो उजुरी ? - farakdhar.com
Source: FRDH
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी पाँच बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो तीन बजेदेखि नै सुरु भएको हो । यो क्रम आज बेलुका पाँच बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिए । आज मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए । आज बेलुकी पाँच बजेदेखि सात बजेसम्म...