Redirecting...

नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते - www.palikalive.com

नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते - www.palikalive.com
Source: plkl

काठमाडौं– नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भवन भत्काउने क्रममा संरचना खस्दा तीन जना मजदुर ग्म्भीर घाइते भएका हुन्। भवन भत्काउने क्रममा थिचिएका मजदुरलाई प्रहरीलगायत स्थानीयवासीले उद्धार गरेका थिए। उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत गर्ने क्रममा भत्काउनका लागि १७ जना मजदुर खटिएका थिए। The post नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन मजदुर घाइते appeared first on Palika Live.