इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा भारत २२४ रनमा अल आउट - corporatekhabar.com
Source: cork
काठमाडौँ । भारत इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा २२४ रनमा अल आउट भएको छ। टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २२४ रन बनाएर अल आउट भएको हो । भारतका लागि करुण नायरले सर्बाधिक ५७ रन बनाएका थिए । त्यस्तै साइ सुदर्शनले ३८, वाशिंटन सुन्दरले २६, शुभमन गिलले २१, ध्रुव जुरेलले १९ रन र केएल राहुलले १४ रन बनाएका थिए ।त्यसैगरी इङल्याण्डका बलर गुस अटकिन्सनले सर्बाधिक ५ विकेट लिए भने जोश टंगले ३ विकेट तथा क्रिस वोक्सले एक विकेट लिएका थिए । The post इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा भारत २२४ रनमा अल आउट appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.