माडी ४ की चित्रकला पाठक ब्रेस्ट क्यान्सरबाट पीडित, उपचारका लागि आर्थिक सहयोगको अपिल - swadeshpost.com
२६ मंसिर, माडी । माडी-४ विरञ्ची निवासी चित्रकला (रेखा) पाठक ब्रेस्ट क्यान्सर–स्टेज २ बाट पीडित भई भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन् । घरायसी आर्थिक अवस्था कमजोर रहेकाले पाठकका श्रीमान् हिमलाल पाठकले उपचारका लागि घरमा रहेका पशु-चौपाया बेच्दै खर्च जुटाउँदै आएका छन् । अब शल्यक्रिया र थप उपचारका लागि करिब ४-५ लाख रुपैंया आवश्यक पर्ने अनुमान गरिएको छ, जसले परिवारलाई गम्भीर आर्थिक संकटमा पुर्याएको छ । उही क्रममा उपचार सहयोगार्थ लायन्स क्लब अफ चितवन राइजले हालै एक कार्यक्रमका बीच नगद रु. २५,००० हस्तान्तरण गरिसकेको छ । यस्तै, बघौडा साना किसान महिला सहकारी संस्थाले पनि रु. २५,००० सहयोग हस्तान्तरण गरेको छ । तीन चरणको केमोथेरापी भइसकेको र हाल सेतो रगत (WBC) कम देखिएको कारण केही समय ‘मेण्टेन’ गरेपछि मात्रै अर्को केमोथेरापी चढाई शल्यक्रिया (अपरेशन) अघि बढाउने चिकित्सकहरूले बताएका छन् । पाठक परिवारले सबै शुभेच्छुकहरूसमक्ष उपचार सहायताको अपिल गरेको छ ।