बलिङमा नेपालको राम्रो सुरुवात, यूएईका दुवै ओपनर आउट - farakdhar.com
Source: FRDH
आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध बलिङमा राम्रो सुरुवात गरेको छ । नेपालले सुरुवाती ७ ओभरमा महत्वपूर्ण २ विकेट लिएर २९ रन दिएको छ । यूएईको ओपनरको विकेट करण केसी र नन्दन यादवले दिलाए । करणले आर्यंन्स शर्मा (शून्य) र नन्दनले आलिशान सराफु (१८) लाई आउट गरे । त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो । नेपालका लागि भीम सार्कीले ६८ बलमा सात चौकासहित सर्वाधिक ४८ रन बनाए ...