कृषि उद्यममा उदाहरणीय गीता राष्ट्रिय सभा सदस्यमा निर्वाचित - ekantipur.com
Source: kant
गीता देवकोटा राजनीति, समाजसेवा र कृषि उद्यमको क्षेत्रमा चितवनमा चिनिएको नाम हो । राजनीतिमा लामो समय बिताए पनि कुनै ठूलो पदमा नपुगेकी देवकोटा आइतबार राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भइन् । राष्ट्रिय सभाका लागि महिला समूहबाट बागमती प्रदेशमा नेपाली कांग्रेसकी उम्मेदवार रहेकी देवकोटा कांग्रेस-एमाले गठबन्धनबाट विजयी बनेकी हुन् ।