Redirecting...

आध्यात्मिक चेतनाले आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्दछ : गगनकुमार थापा - janatatimes.com

आध्यात्मिक चेतनाले आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्दछ : गगनकुमार थापा - janatatimes.com
Source: jant

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले पर्वले आत्मसंयम, तपस्या, सदाचार र सत्यको मार्गमा अग्रसर हुन प्रेरणा दिने बताउनु भएको छ । सभापति थापाले जारी गर्नुभएको शुभकामना सन्देशमा महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ मनाउने पर्व भएको उल्लेख गर्नु भएको छ । उहाँले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको स्मरण गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भएको छ। महाशिवरात्रि लगायतका पर्वहरूले नेपाली समाजमा अनेकतामा एकताको भाव सुदृढ गर्दै राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउने उहाँको विश्वास छ । ‘यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्, महाशिवरात्रि लगायतका पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपाली बिच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गरेका छन्’, उहाँले भन्नु भएको छ । आध्यात्मिक चेतनाले आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश दिने उहाँको धारणा छ । ‘आत्मसंयम, तपस्या, सदाचार र सत्यको मार्गमा अग्रसर हुन प्रेरित गर्ने यस पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्दछ’, उहाँले दिनुभएको सन्देशमा उल्लेख छ । सभापति थापाले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।