Redirecting...

मौसम पूर्वानुमान : तीन प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ? - bishwokhabar.com

मौसम पूर्वानुमान : तीन प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।