Redirecting...

कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख - www.palikalive.com

कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख - www.palikalive.com
Source: plkl

सर्लाही- कोडैना गाउँपालिकामा खाना र खाजाको नाममा झन्डै १७ लाख रुपैयाँ खर्च भएको तथ्य महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमार्फत सार्वजनिक भएको छ। प्रतिवेदनअनुसार पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ‘विविध खर्च’ शीर्षकमा अत्यधिक रकम खर्च गरी वित्तीय अनुशासन उल्लङ्घन गरेको पाइएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार कुनै पनि निकायले व्ययको बजेट अनुमान आन्तरिक आयको सीमा र औचित्यका आधारमा मात्र खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, महालेखा परीक्षकको प्रतिवेदनका अनुसार कोडैनाले सो कानुनी प्रावधान उल्लङ्घन गर्दै ‘विविध खर्च’ शीर्षकमा १६ लाख ९६ हजार रुपैयाँ व्यय गरेको उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएअनुसार, गाउँपालिकाले कार्यालय स्तरमा खाना–खाजामा १० लाख रुपैयाँ र वडा स्तरमा ६ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ। तर, सो रकम कहाँ, कसरी र कुन प्रयोजनका लागि प्रयोग गरिएको हो भन्ने प्रमाण कागजात प्रस्तुत नगरिएको जनाइएको छ। महालेखा नियन्त्रक कार्यालयले जारी गरेको वर्गीकरण र व्याख्या २०७४ अनुसार ‘विविध खर्च’ शीर्षकमा केवल मनोरञ्जन, अतिथि सत्कार, सुरक्षा, वा प्रतिनिधिमण्डल स्वागत जस्ता सीमित प्रयोजनका लागि मात्र खर्च गर्न सकिने व्यवस्था छ। तर, कोडैनाले सो प्रावधानको मर्म विपरीत अत्यधिक खर्च गरेको प्रतिवेदनले औंल्याएको छ। स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक खर्च सार्वजनिक सूचना, कागजात र स्वीकृत प्रक्रिया मार्फत गर्नुपर्ने प्रावधान राखेको भए पनि व्यवहारमा त्यस्तो प्रणाली लागू हुन सकेको छैन। कोडैना गाउँपालिकामा देखिएको यस्तो अनियमित खर्चले गाउँपालिकाको बजेट व्यवस्थापन र खर्च नीतिप्रति प्रश्न उठाएको छ। The post कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख appeared first on Palika Live.