भारत-इयुबीच ऐतिहासिक व्यापार सम्झौता : मोदीले ट्रम्पलाई ‘टक्कर’ दिन लागेका हुन् ? - farakdhar.com
Source: FRDH
भारत र युरोपेली सङ्घ (इयु) बीच करिब दुई दशक देखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतिक्षित व्यापार सम्झौता सफलता पूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले मङ्गलबार बिहान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री मोदीले सोमबार सम्पन्न भएको यो सम्...