Redirecting...

कविता : स्वर्ग - sahityapost.com

कविता : स्वर्ग - sahityapost.com
Source: shpt

बासँगैसरेका हुन् आमाका साँझबत्तीहरूआकाशतिर । आमा चाहन्छिन्बुर्लक्क नाघ्न शरीरको तगारोर धोइदिन बाका टोपी र कछाड । नाघेर माइतीको आँगन छाडेरजुनमामाका कोसेली पस्किदिनबालाई एक पन्यूँ माया । बासँगै सरेको होआमाको संसार आकाशतिर । बाले बुनेको भकारी लिपेरजोगाइराख्न अनदीका मुरी धानथाकेर फर्कने सन्तानलाई खाजा । बा गएपछि आमालाई हतार छबाको स्वर्ग सिँघार्न । म भने भुइँमा खोजिरहेछुआमाको स्वर्ग ।